पृथ्वी दिवस २०२६ (Earth Day 2026) सबैलाई पृथ्वी दिवसको शुभकामना! पृथ्वी दिवस हाम्रो ग्रहको वार्षिक विश्वव्यापी उत्सव हो र यसले हामी सबैमा पृथ्वीको रक्षा गर्ने शक्ति छ भनेर सम्झाउँछ। हरेक वर्ष अप्रिल २२ मा १९० भन्दा बढी देशका मानिसहरू पृथ्वीका लागि कदम चाल्न एकजुट हुन्छन्। पृथ्वी दिवस २०२६ को नारा “हाम्रो शक्ति, हाम्रो ग्रह” (Our Power, Our Planet) रहेको छ। यसले नवीकरणीय ऊर्जा (Renewable energy) मा विशेष जोड दिँदै विश्वभरका मानिसहरूलाई सफा र उज्ज्वल भविष्य निर्माण गर्न एकजुट हुन प्रोत्साहित गर्दछ। अरूलाई सिकाउने, रचनात्मक रूपमा सोच्ने वा सामुदायिक कार्यमा सहभागी हुने, जुनसुकै माध्यमबाट पनि हामी सबैले परिवर्तन ल्याउन सक्छौं! यस वर्षको उत्सव मनाउन हामी तपाईंहरूलाई पृथ्वी दिवससँग सम्बन्धित प्रोजेक्टहरू बनाउन र यहाँ स्टुडियोमा हामीसँग साझा गर्न निमन्त्रणा गर्दछौं! प्रोजेक्ट सुरु गर्न केही उपायहरू खोज्दै हुनुहुन्छ? पृथ्वी दिवस मनाउन एउटा अन्तरक्रियात्मक (Interactive) कार्ड डिजाइन गर्नुहोस् नवीकरणीय ऊर्जा प्रयोग गरेर सहरलाई शक्ति दिने एउटा खेल बनाउनुहोस् साना कार्यहरूले कसरी ठूलो परिवर्तन ल्याउन सक्छन् भन्ने देखाउने एनिमेसन बनाउनुहोस् एउटा यस्तो प्रोजेक्ट बनाउनुहोस् जहाँ छनौटहरूले ग्रहको स्वास्थ्यमा प्रभाव पार्छ आफ्नो सपनाको वातावरण मैत्री (Eco-friendly) सहर वा संसारको डिजाइन गर्नुहोस् पृथ्वीको दृष्टिकोणबाट एउटा कथा लेख्नुहोस् समुद्र, वन वा सहरहरू सफा गर्ने खेल बनाउनुहोस् आफ्नै नवीकरणीय ऊर्जाको स्रोत आविष्कार गर्नुहोस् र यसले कसरी काम गर्छ देखाउनुहोस् कला, संगीत वा कथा मार्फत पृथ्वी तपाईंको लागि के हो भन्ने देखाउने प्रोजेक्ट बनाउनुहोस् “हाम्रो शक्ति, हाम्रो ग्रह” भन्ने नाराको बारेमा सोच्नुहोस् र त्यससँग सम्बन्धित प्रोजेक्ट बनाउनुहोस्! सम्झनुहोस्, यी केवल सुझावहरू हुन्! तपाईं आफ्नै विचारहरू ल्याउन सक्नुहुन्छ वा स्टुडियोमा पहिले नै भएका प्रोजेक्टहरूबाट प्रेरणा लिन सक्नुहुन्छ! पृथ्वी दिवसको बारेमा थप जानकारी तल हेर्नुहोस्। तपाईं के बनाउनुहुनेछ? =^..^= प्राय सोधिने प्रश्नहरू (FAQ) पृथ्वी दिवस के हो? पृथ्वी दिवस पृथ्वीको उत्सव मनाउन र वातावरणीय संरक्षणको लागि समर्थन प्रदर्शन गर्न आयोजना गरिने एक वार्षिक कार्यक्रम हो। सन् १९७० मा आधुनिक वातावरणीय आन्दोलनको सुरुवात भएको वार्षिकोत्सवको रूपमा हरेक वर्ष अप्रिल २२ मा यो मनाइन्छ। यस वर्षको पृथ्वी दिवसको नारा के हो? यस वर्षको पृथ्वी दिवसको नारा “हाम्रो शक्ति, हाम्रो ग्रह” हो, जसले विश्वभरका सबैलाई नवीकरणीय ऊर्जामा एकजुट हुन र सन् २०३० सम्ममा स्वच्छ विद्युतको विश्वव्यापी उत्पादनलाई तीन गुणा बनाउन आह्वान गर्दछ। म कसरी सहभागी हुन सक्छु? पृथ्वीको उत्सव मनाउने र वातावरणप्रति सचेत हुने धेरै तरिकाहरू छन्। पृथ्वी दिवसका आयोजकहरूका केही सुझावहरू: ज्ञान नै शक्ति हो: चाहे तपाईं विद्यार्थी हुनुहुन्छ, युवा नेता वा वातावरणको बारेमा जिज्ञासु व्यक्ति, तपाईं तथ्यहरू सिक्न सक्नुहुन्छ, चेतना फैलाउन सक्नुहुन्छ र अरूलाई प्रेरित गर्न सक्नुहुन्छ। बिरुवा रोप्ने: वा पुन: प्रयोग (Recycle) कसरी गर्ने भन्ने जस्ता कामहरू गरेर कदम चाल्नुहोस्। आफ्नो आवाज उठाउनुहोस्: हाम्रो ग्रहको रक्षा गर्नुको महत्त्वको बारेमा अरूलाई सिकाउन मद्दत गर्नुहोस्। सफाइमा मद्दत गर्नुहोस्: हाम्रा समुद्र तट, महासागर, नदी, ताल, पदमार्ग, पार्क आदिमा भएका फोहोरहरू सफा राख्न मद्दत गर्नुहोस्। तपाईं मद्दत गर्ने अरू कुन तरिकाहरू सोच्न सक्नुहुन्छ? त्यसको बारेमा एउटा प्रोजेक्ट बनाउनुहोस् र हामीसँग साझा गर्नुहोस्! मैले थप जानकारी कहाँ पाउन सक्छु? थप जान्नको लागि यस स्टुडियोमा भएका प्रोजेक्टहरू हेर्नुहोस् र/वा पृथ्वी दिवसको आधिकारिक वेबसाइटमा जानुहोस् जसले थप विवरणहरू दिन्छ: https://www.earthday.org/earth-day-2026/
I remixed and translated this into Nepali, because I am a Nepali! :D Original Project in English: https://scratch.mit.edu/projects/1306823030